सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । छापावाल सुनको मूल्य घट्ने क्रम सोमबार पनि जारी नै रह्यो ।

आइतबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० रुपैयाँ घट्दै प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमबार तेजावी सुनको मूल्य पनि प्रतितोला २०० रुपैयाँ नै घट्यो । आज तेजावी सुनको कारोबार मूल्य ९१ हजार ६०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन् । सोमबार चाँदीको कारोबार मूल्य १२ सय ३० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here