प्रभु लाइफको शेयरमा पोजेटिभ सर्किट, प्रतिकित्ता २९ रुपैयाँ बढ्यो

काठमाडौं, ६ माघ । प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा आजपनि पोजेटिभ सर्किट लागेको छ । सोमबार इन्स्योरेन्सको शेयर मूल्य ९.७३ अंकले बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

सोमबार इन्स्योरेन्सको शयर मूल्य २९ रुपैयाँले बढ्दै प्रतिकित्ता ३२७ रुपैयाँ पुगेको छ ।

अहिलेसम्म प्रभु लाइफ इन्स्योरेन्स सहति अन्य १३ कम्पनीको मूल्यमा सर्किट लागेको छ ।

१२ः४५ बजेसम्म शेयर बजार २३.२९ अंकले बढेर २३३८.५९ अंकमा पुगेको छ भने १९५ कम्पनीको २८ लाख ८४ हजार ४४६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४७ करोडको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here