प्रतिव्यक्ति जीडीपी ३२ हजार पुग्यो, कुल राष्ट्रिय आयमा ४७४६ रुपैयाँ थपियो

काठमाडौं, १३ जेठ । नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (जीडीपी) ५.६ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्ष २०७४÷७५ मा ३० हजार ४ सय ९५ रुपैयाँ रहेको प्रतिव्यक्ति जीडीपी चालुआव २०७५/७६ मा ३२ हजार २ सय १० रुपैयाँ पुग्ने अनुमान छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सोमवार संसदमा प्रस्तुत गरेको चालु वर्षको आर्थिक सर्वेक्षणका अनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आयमा पनि ४२ अमेरिकी डलरले वृद्धि भएको छ ।

‘गत आवमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५ डलर रहेकोमा चालु वर्ष २०७५/७६मा सोमा वृद्धि भइ १ हजार ४७ डलर पुग्ने अनुमान छ । यो वर्ष प्रतिव्यक्ति राष्ट्रिय खर्च योग्यआम्दानी १ हजार ३ सय ६४ पुगेको छ,’ उनले भने ।

गतवर्ष यस्तो आम्दानी १ हजार २ सय ९० डलर थियो ।

त्यसैगरी, नेपालीको प्रतिव्यक्ति आय १ लाख १७ हजार ४ सय ५५ रुपैयाँ (१,०३४ डलर) पुगेको छ । गतवर्षको तुलनामा प्रतिव्यक्ति आयमा १२.८ प्रतिशतको वृद्धि भइ रु. १ लाख १७ हजार ४ सय ५५ डलर पुग्ने अनुमान गरिएको छ ।

गत वर्ष प्रतिव्यक्ति आय रु. १ लाख ४ हजार १ सय ५२ थियो ।

सरकारले चालु वर्षको अमेरिकी डलरसँगको नेपाली विनिमय दर गतवर्षको १ सय ४ रुपैयाँ बाट बढेर १ सय १३ रुपैयाँ पुग्ने प्रक्षेपण समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here