शेयर बजारमा दिनदिनै नयाँ रेकर्ड, नेप्से २३३२.३१ अंकमा पुग्दा ६ अर्ब ३१ करोडको कारोबार

काठमाडौं, ५ माघ । साताको दोस्रो कारोबार दिन आजपनि शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सोमबार नेप्से परिसूचक १७.३१ अंकले बढेर २३३२.३१ अंकमा पुगेसंगै नयाँ रेकर्ड कायम भएको हो ।

आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्समा पनि नयाँ रेकर्ड कायम भएको छ । आज सेन्सेटिभ इन्डेक्स २.१८ अंकले बढेर ४४५.६० अंकमा पुगेको छ ।

सोमबार कारोबारमा आएका मध्ये जलविद्युत बाहेक अन्य सबै समुहको सूचक बढ्यो । विद्युतको सूचक ०.६५ प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ६.५८ प्रतिशत बढ्यो । त्यस्तै, होटल समुहको ५.८२ प्रतिशत, लघुवित्तको २.६८ प्रतिशत बढ्यो ।

सोमबार कारोबार रकममा भने कमी आएको छ । आज २०७ कम्पनीको १ करोड ५४ लाख ९६ हजार ७१४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३१ करोड ४६ लाखको कारोबार भयो ।

आज सबैभन्दा धेरै सिभिल लघुवित्तका शेयर धनीले कमाए । लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, विशाल बजार कम्पनीको ९.९८ प्रतिशत, गुँरास फाइनान्सको ९.९७ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा समुद्धि फाइनान्सका शेयर धनी छन् । फाइनान्सको शेयर मूल्य ४.१४ प्रतिशत घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार प्रभु बैंकले गर्यो । बैंकले ३४ करोड ४६ लाख रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here