प्रतितोला ४०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । लगातार दुई दिन घटेको छापावाल सुनको मूल्य मंगलवार भने बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढ्यो ।

सोमबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ४०० रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

मंगलबार तेजावी सुनको मूल्य पनि प्रतितोला ४०० रुपैयाँ नै बढ्यो । आज तेजावी सुनको कारोबार मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढ्यो । मंगलबार चाँदीको कारोबार मूल्य १२ सय ४५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here