देशभर ३१ हजार किमि सडक, हुम्ला अझै पनि सडक सञ्जालमा जोडिन सकेन

काठमाडौं, १३ जेठ । हुम्ला जिल्ला सदरमुकाम अझै पनि सडक सञ्जालमा जोडिन सकेको छैन ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७६ मा हुम्ला जिल्लाको सदरमुकाम चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जोडिन नसकेको बताए ।

चालु आर्थिक वर्ष २०७५/७६ को फागुन महिनासम्म हुम्ला जिल्ला बाहेक अन्य सबै जिल्ला सदरमुकामहरु सडक सञ्जालसँग जोडिएका छन् ।

हालसम्म नेपालमा १४ हजार १ सय २ किलोमिटर सडक कालोपत्रे भएको छ । जसमध्ये चालु आर्थिक वर्षमा ३ सय ९५ किलोमिटर सडक कालोपत्रे भएको छ ।

नेपालमा हालसम्म ७ हजार ८ सय ७१ किलोमिटर सडक ग्राभेल भएको छ । यो आर्थिक वर्षमा मात्रै ६ सय ५० किलोमीटर सडक ग्राभेल भएको छ ।

नेपालमा हालसम्म ९ हजार ४ सय किलोमिटर कच्ची सडक रहेको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा २ सय ६० किलोमिटर कच्ची सडक निर्माण भएको बताईएको छ ।

सबैगरी नेपालमा हाल ३१ हजार ३ सय ९३ किलोमिटर सडक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here