प्रभु लाइफको शेयरमा लगातार तेस्रो दिन पोजेटिभ सर्किट, प्रतिकित्ता ३२ रुपैयाँ बढ्यो

काठमाडौं, ६ माघ । प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा यो साता लगातार तेस्रो दिन पोजेटिभ सर्किट लागेको छ । मंगलबार इन्स्योरेन्सको शेयर मूल्य ९.७९ अंकले बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

मंगलबार इन्स्योरेन्सको शयर मूल्य ३२ रुपैयाँले बढ्दै प्रतिकित्ता ३५९ रुपैयाँ पुगेको छ ।

अहिलेसम्म प्रभु लाइफ इन्स्योरेन्स सहति अन्य ४ कम्पनीको मूल्यमा सर्किट लागेको छ ।

१२ः३० बजेसम्म शेयर बजार भने ओरालो लागेको छ । नेप्से परिसूचक ३.४८ अंकले घटेर २३२९.०० अंकमा पुगेको छ भने २०० कम्पनीको ५२ लाख ९४ हजार ९६३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८४ करोडको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here