पहिलोपटक चीनको मकाउ उड्दै वायुसेवा निगमको जहाज

काठमाडौं, ६ माघ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको जहाज पहिलो पटक मकाउ उडान भर्दैछ।

निगमको न्यारोबडी ३२० जहाज मंगलबार पहिलो पटक मकाउमा चार्टर उडान गर्न लागेको हो। नयाँ गन्तव्यको खोजी गर्दै आएको निगमले मकाउमा चार्टर्ड उडान गर्न लागेको निगमले जनाएको छ।

मंगलबार काठमाडौंबाट राति ११ बजेर ३५ मिनेटमा चार्टर उडान (न्यारोवडी जहाज) हुनेछ भने मकाउको समय अनुसार बिहान ६ बजे अवतरण गर्ने छ।

यसैगरी, बुधबार विहान १० बजेर ५० मिनेट काठमाडौं फर्किने उडान तालिका रहेको छ।

काठमाडौंबाट भने यात्रु लैजान मकाउले रोक लगाएका कारण जहाज रित्तै मकाउ उड्नेछ । फर्कँदा २ बच्चासहित १ सय ४५ यात्रु र कार्गो रहनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here