ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

काठमाडौं, ६ माघ । नेपालको निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको स्वशासित राज्य तिब्बतको राजधानी ल्हासामा परीक्षण उडान गरेको छ ।

निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले केही महिनाअघि भित्र्याएको कलसाइन एचनाइन ९६१ विमानबाट ल्हासामा परीक्षण उडान गरेको हो ।

एच नाइन ९६१ कलसाइनको विमान मंगलबार बिहान ७ः१७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हो। विमान ल्हासाको गोंगर विमानस्थलमा स्थानीय समयअनुसार बिहान १०:४६ बजे अवतरण गरेको थियो। विमान आजै काठमाडौं फर्कदैछ।

नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स्, अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो ।

एउटा विमान र एउटा गन्तव्यबाट संचालन सुरु गरेको एअरलाइन्स्ले छोटो अन्तरालमै आफ्नो स्वामित्वमा चारवटा जहाज कायम गर्न र सातवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ ।

परीक्षण उडानसँगै सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकाबद्ध उडान सुरू गर्ने व्यावसायिक योजनासमेत कम्पनीले अगाडि सारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here