इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा नयाँ रेकर्ड, कति पर्ला भागमा ?

काठमाडौं, ६ माघ । नेपाल इन्फ्रास्ट्रक्चरको आईपीओमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आवेदनमा नयाँ रेकर्ड कायम छ ।

अन्तिम दिनसम्म आइपीओमा १५ लाख २९ हजार ४६० ले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् ।

८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो । आवेदकहरुको संख्या हेर्दा प्रति आवेदन ५० कित्ताको हाराहारीमा सेयर पर्ने देखिएको छ ।

यस अघि खुलेको चन्द्रागिरी हिल्सको आइपीओमा १२ लाख १२ लाख ७७ हजारले आवेदन दिएका थिए ।

तर, सबै आवेदकले ५० कित्ताका लागि आवेदन नगर्न पनि सक्छन् । त्यसैले बैंकको आइपीओमा न्यूनतम संख्या बढ्न पनि सक्नेछ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here