पिपुल्स हाइड्रोको आइपीओ आउँदै, बिक्री प्रवन्धकमा सानिमा क्यापिटल

काठमाडौं, ७ माघ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ ल्याउने प्रक्रिया शुरु गरेको छ। कम्पनीले आइपिओ निष्काशनका लागि बिक्री प्रवन्धकका रुपमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ।

सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रवन्ध निर्देशक केशव वहादुर रायमाझीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

लमजुङमा निर्माणाधीन सुपर दोर्दी जल विद्युत आयोजना ‘ख’ ५४ मेगावाटको आयोजना प्रभावति स्थानीयका लागि ८२,५०,००० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

यो शेयर आयोजना प्रभावित स्थानियवासी तथा सर्वसाधारणमा निष्काशन हुने सानिमा क्यापिटलले जनाएको छ।

पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम असोज २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा.लि.को रुपमा दर्ता भई २०७५ फाल्गुण १५ गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो ।

कम्पनीको गण्डकी प्रदेश, लमजुङ्ग जिल्लाको दोर्दि गाउँपालिका (तत्कालीन ढोडेनीे÷फलेनी गा.वि.स.) माबहने दोर्दी खोलाको पानी प्रयोग गरी निर्माण गर्न लागेको आयोजना करिव ७० प्रतिशत सम्पन्न भएको छ । आगामी २०७८ साल असोज महिना भित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here