प्रभु लाइफको शेयरमा लगातार चौंथो दिन पोजेटिभ सर्किट, प्रतिकित्ता ३५ रुपैयाँ बढ्यो

काठमाडौं, ७ माघ । प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा यो साता लगातार चौंथो दिन पोजेटिभ सर्किट लागेको छ । मंगलबार इन्स्योरेन्सको शेयर मूल्य ९.७५ अंकले बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

मंगलबार इन्स्योरेन्सको शयर मूल्य ३५ रुपैयाँले बढ्दै प्रतिकित्ता ३९४ रुपैयाँ पुगेको छ ।

अहिलेसम्म प्रभु लाइफ इन्स्योरेन्स सहति अन्य ६ कम्पनीको मूल्यमा सर्किट लागेको छ ।

१२ः४५ बजेसम्म नेप्से परिसूचक ५.८७ अंकले बढेर २३३२.७७ अंकमा पुगेको छ भने २०७ कम्पनीको ४९ लाख ३३ हजार ५२३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५८ करोडको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here