नेप्से १६ अंकले बढ्दा शेयर बजारमा नयाँ रेकर्ड, ६ अर्ब २१ करोडको कारोबार

काठमाडौं, ७ माघ । मंगलबार ओरालो लागेको शेयर बजारमा बुधबार भने नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से परिसूचक १५.८७ अंकले बढेर २३४२.७६ अंकमा पुगेसंगै शेयर बजारमा नयाँ रेकर्ड कायम भएको हो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । बुधबार सेन्सेटिभ इन्डेक्स ि०.१८ अंकले बढेर ४४३ अंकमा पुग्यो ।

बुधबार कारोबारमा आएका होटल, उत्पादन तथा प्रशोधन, अन्य, ट्रेडिङ र बैकिङ्ग समुह बाहेक अन्य सबै समुहको सूचक बढ्यो । होटलको सूचक १.१२ प्रतिशत घट्यो । त्यस्तै, उत्पादन तथा प्रशोधन समुहको १.०५ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै जीवन बीमा समुहको सूचक ४.६७ प्रतिशत बढ्यो । त्यस्तै, ४.२६ प्रतिशत, विद्युतको ३.०६ प्रतिशत बढ्यो ।

आज २११ कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २१ करोड ९ लाख ६६ हजारको कारोबार भयो ।

बुधबार सबैभन्दा धेरै बेस्ट फाइनान्सका शेयर धनीले कमाए । फाइनान्सको शेयर मूल्य ९.९४ प्रतिशत बढ्यो । त्यस्तै, कर्पोरेट विकास बैंकको ९.९३ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा विशाल बजार कम्पनीका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ३.९५ प्रतिशत घट्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले ६१ करोड ४० लाखको कारोबार गर्यो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here