इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ भरेकाको संख्या थपियो, अन्तिम संख्या कति ?

काठमाडौं, ७ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा आवेदन दिनेको अन्तिम संख्या सार्वजनिक भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडकाको पछिल्लो तथ्यांक अनुसार मंगलबारको तुलनामा २० हजार संख्या बढेको हो ।

अन्तिम दिनसम्म आइपीओमा १५ लाख २९ हजार ४६० ले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन दिएका थिए । त्यसमा बैकबाट भरेको पुरै आवेदन संकलन भइसकेको थिएन।

अन्तिम संकलन अनुसार आवेदन दिनेको अन्तिम संख्या १५ लाख ५० हजार ३२५ पुगेको छ। ७ अर्ब ५८ करोड ४० लाख रूपैयाँका लागि आवेदन माग्दा कुल १८ अर्ब ३४ करोड रुपैयाँ बराबरका लागि आवेदन परेको हो।

८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी इन्फ्रास्ट्रक्चरमा परेको आवेदनअनुसार ४० कित्तासम्मका लागि आवेदन दिने सबैले मागेजति नै सेयर पाउने छन्।

५० कित्ता र सोभन्दा बढी सेयर माग गर्नेले भने गोलाप्रथाबाट ५० कित्ता वा ६० कित्तासम्म सेयर पाउने छन्। ६० कित्ताभन्दा धेरै भने बाँडफाँड गर्न नपुग्ने देखिन्छ। यस अघि खुलेको चन्द्रागिरी हिल्सको आइपीओमा १२ लाख १२ लाख ७७ हजारले आवेदन दिएका थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here