३ लाख १० हजार नाबालकको नाममा डिम्याट खाता, पुस महिनामा मात्रै ३९ हजार खुले

काठमाडौं ७ माघ । पछिल्लो समय हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या बढेको छ । नेपाल इन्फ्रास्ट्रकचर बैंकले निष्काशन गरेको आइपीओमा आवेदन दिनको लागि डिम्याट खाता खोल्नेको संख्या अत्याधिक बढेको हो।

बैंकको आइपीओ खुल्ने मिति नजिकिदै गर्दा र बैंकको आइपीओ खुलेको अवधिमा खाता खोल्नेको संख्या झन् उच्च देखिएको थियो । त्यस समयमा एक महिनाको अवधिमा नेपालमा ३ लाख बढी डिम्याट खाता खुलेका छन् ।

अन्य शेयर गोलापर्थाबाट पाइने भएतापनि इन्फ्रास्ट्रकचर बैंकको धेरै संख्यामा खुलेका कारण स्वत पाइने भएकोले डिम्याट खोल्नेको संख्या धरै रहेको थियो ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडकाको तथ्यांक अनुसार मंगलबारसम्म २६ लाख १० हजार ८ सय ६२ जनाले डिम्याट खाता खोलेका छन् ।

जसमा नाबालकका नाममा डिम्याट खाता खोल्ने र आवेदन दिने क्रम बढ्न थालेको देखिन्छ । सीडीएसीको तथ्यांक अनुसार हालसम्म ३ लाख १० हजार ७० वटा नाबालक खाता खुलिसकेको छ ।

सिडीएससीले पुस ७ गते आफ्नो वार्षिकोत्सवको अवसरमा डिम्याट खाताको संख्या २३ लाख १ हजार ५ सय ५६ भएको जनाएको थियो । यो संख्या असारसम्ममा १७ लाख २७ हजार ९ सय १३ मात्रै थियो ।

पुस महिनामा मात्रै ३९ हजार ६ सय ९४ वटा डिम्याट खाता नाबालकका नाममा खुलेको तथ्याकले देखाएको छ ।

सम्बन्धित समाचार ।

नेप्से १६ अंकले बढ्दा शेयर बजारमा नयाँ रेकर्ड, ६ अर्ब २१ करोडको कारोबार

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ भरेकाको संख्या थपियो, अन्तिम संख्या कति ?

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा नयाँ रेकर्ड, कति पर्ला भागमा ?

१२ अर्ब ४१ करोड रुपैयाँको हकप्रद शेयर पाइपलाइनमा, कुन कम्पनीको कति ?

डिम्याट खोल्नेको संख्या २६ लाख, सामाजिक सञ्जालदेखि चिया पसलसम्म आइपीओकै चर्चा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here