रिमोटबाट चल्ने स्मार्ट ट्वाईलेटः आँफै हट्छ कभर, म्युजिक सुन्ने सुविधा

विज्ञान र प्रविधिमा भएको विकासको कारण मानवजीवन धेरै सहज भएको छ । विभिन्न उपकरणहरुको आविष्कारसँगै हाम्रो दैनिक जीवन सजिलो हुँदै गएको छ ।

घरहोस वा अफिसमा चाहिने विभिन्न उपकरणहरु आज रिमोट कन्ट्रोलको माध्यमबाट नियन्त्रण गर्न सकिन्छ ।

घरको सफा गर्नको लागि रोवोट भ्याकुम क्लिनर पनि हामी देख्न सक्छौं । भान्सा देखि घरको अन्य कामहरु र वाहिरी कामहरुमा पनि रिमोटबाट चल्ने यन्त्र उपकरणहरुको प्रयाग भएको पाईन्छ ।

घरमा हुने लगभग सबै उपकरणहरुमा रिमोट कन्ट्रोलको प्रयोग हुने गरेको पाईन्छ । टिभी, एसी, ढोका, लाइट बन्द गर्न खोल्न रिमोट थिचिदिए पुग्छ । अब, यस्तो अवस्थामा ट्वाईलेट कसरी पछाडि पर्न सक्छ ?

बजारमा आजकाल विभिन्न कम्पनीले उत्पादन गरेका विभिन्न खालका स्मार्ट ट्वाईलेट पाइन्छन् । यस्ता नयाँ स्मार्ट ट्वाईलेट मानिसको आवाजबाट नियन्त्रण गर्न सकिनेदेखि स्क्रीन टच सिस्टममा पनि काम गर्छन् ।

कसरी गर्छ स्मार्ट ट्वाइलेटले काम ?

-हरेक स्मार्ट ट्वाईलेटमा रिमोट सिस्टम रहेको हुन्छ । कुनै रिमोट त टच स्क्रीनमा पनि पाईन्छ । यस्तो रिमोटमा पानीको तापक्रम र प्रेसर पनि जडान गर्न सकिन्छ ।

-ट्वाईलेटलाई तपाईंले यसको प्रयोग कुन समयमा गर्न लाग्नु भएको भन्ने थाहा हुन्छ र आवश्यक परेको समयमा ट्वाईलेट आफै खुल्छ र कभर पनि हट्छ । प्रयोग पछि पनि आफै बन्द हुन्छ ।

-ट्वाईलेटमा प्रवेश गरे सँगै यसमा भएको एलईडी बल्ब अटोमेटिक अन हुन्छ । अध्याँरो समयमा पनि यो स्वतः अन हुन्छ ।

-यस्तो ट्वाईलेटमा प्रीलोडेड म्युजिक पनि जडान भएको हुन्छ । गित आफै बज्ने गर्दछ र रिमोटबाट गित चेन्ज गर्न सकिन्छ ।

-हिटेड सिटको तापक्रम सन्तुलनमा राख्नको लागि ब्लोअर र ड्रायल जस्ता फिचरहरु पनि स्मार्ट ट्वाइलेटमा रहेका छन् ।

-कुनै—कुनै स्मार्ट ट्वाईलेटमा मसाजको पनि व्यवस्था रहेको पाईन्छ । विरामीको लागि आरामदायी हुने खालको पनि रहेका छन् ।

-स्मार्ट ट्वाईलेट सुरुमा महङ्गो देखिए पनि पछि हुने धेरै खर्चहरुलाई यसले बचाउने काम गर्दछन् । जस्तैः पानीको बचत र ट्वाइलेट पेपरको बचत ।

-कुनै कुनै समार्ट ट्वाईलेटहरुमा मौसमको बारेमा जानकारी प्राप्त गर्न सक्ने व्यवस्था समेत हुन्छ ।

स्मार्ट ट्वाईलेटको अवधारणा सन् १९६४ मा अमेरिकाको एक कम्पनीले आफ्ना यस्तो ट्वाईलेटमा ड्राईङ र फ्लसिङको व्यवस्था गरेपछि आएको हो ।

(एजेन्सीकाे सहयाेगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here