पद सम्हालेको लगत्तै बाइडेनले उल्टाए ट्रम्पका नीति

काठमाडौं । अमेरिकी राष्ट्रपतिका रुपमा शपथ ग्रहण गरेको केही घन्टामा नै जो बाइडेनले ट्रम्प प्रशासनका कयौं निर्णयलाई उल्टाएका छन् ।

उनले ट्रम्प प्रशासनका नीति उल्टाउँदै आफ्नो प्रशासनको प्राथमिकता प्रष्ट पार्ने कोशिस गरेका छन्।

‘हामीले सामना गरिरहेको संकटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन’, शपथ ग्रहणपश्चात् ह्वाइट हाउस प्रवेश गर्नु अगाडि राष्ट्रपति जो बाइडनले ट्वीट गरेका थिए।

उनले कोरोनाभाइरसको महामारी अन्त्यका लागि कामहरु तीव्र बनाउन संघीय काम कारबाही छिटो बनाउन भन्दै कार्यकारी आदेशहरू जारी गरेका छन्।

उनले जारी गरेका अन्य आदेशहरूले ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातीय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याउनेछ।

कार्यकारी आदेश जारी गरिएको वक्तव्यमा भनिएको छ ती आदेशहरूमार्फत् राष्ट्रपति बाइडनले ‘ट्रम्प प्रशासनले पु¥याएको क्षति उल्ट्याउने मात्र नभइ देशलाई अघि बढाउने छन्।’

उनका मुख्य आदेश कस्ता छन्?

कोरोना महामारी

–विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मा पुनः आबद्ध हुने (ट्रम्पले चीनसँग मिलेको आरोप लगाउँदै डब्लूएचओबाट अलग हुने निर्णय गरेका थिए)। भाइरस विज्ञ डाक्टर एन्थोनी फाउची यसै साता हुने डब्लूएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै सहागी हुने।

–कोरोना महामारी सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने

–सबै संघीय परिसरमा मास्क तथा भौतिक दूरीको नियम पालना गरिने

–आगामी १०० दिनसम्म मास्क लगाइरहन नागरिकलाई आग्रह गर्ने अभियान थाल्ने

वातावरण

–सन् २०१५ मा हस्ताक्षर गरिएको पेरिस जलवायु सम्झौतामा अमेरिका पुनः सामेल हुने

–विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द। वातावरणवादी तथा अमेरिकी आदिवासीले उक्त परियोजनाको दशकौंदेखि विरोध गरिरहेका थिए।

आप्रवासन

–ट्रम्पले केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा

–मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माण बन्द

नेपाली समयअनुसार बाइडेनले बुधबार मध्यराति पदभार ग्रहण गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here