चन्द्रागिरी हिल्सको आइपीओ शुक्रबार बिहान १० बजे बाँडफाँड

काठमाडौं, ८ माघ । चन्द्रागिरि हिल्सको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहान १० बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ । बुधबार प्रि अलोटमेन्ट सकिएपछि शुक्रबार आइपीओ बाँडफाँड गर्न लागेको जनाएको हो ।

कम्पनीको आइपिओमा १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएका थिए। तीमध्ये १२ लाख ११ हजार ११५ आवेदन मात्रै प्रक्रिया पूरा भएका छन्।

अर्थात बाँकी ४५ हजार ६३१ आवेदन रद्द भएका छन्। बैंक खातामा रकम नभएका, दोहोरो आवेदन परेका लगायतका कारण ती आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

१२ लाख ११ हजार आवेदनमध्ये १ लाख ३९ हजार ६ सय जनाले मात्रै १० कित्ताका दरले सेयर पाउने छन्। बाँकी १० लाख ७१ हजार ५१५ जनाको हात रित्तो हुनेछ।

कम्पनीले पुष २४ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर आइपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको थियो ।

यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता आइपीओ कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो भने सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता आइपीओ छुट्याइएको थियो। यो आईपिओ १ लाख ३९ हजार ६ सय २२ जनाले मात्र १० कित्ताको दरले पाउने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here