प्रभु लाइफको शेयरमा साताभरी नै पोजेटिभ सर्किट, प्रतिकित्ता ४३३ रुपैयाँ पुग्यो

काठमाडौं, ८ माघ । साताको अन्तिम कारोबार दिन आजपनि पोजेटिभ सर्किट लागेसंगै प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा साताभरी नै पोजेटिभ सर्किट लागेको छ । मंगलबार इन्स्योरेन्सको शेयर मूल्य ९.९० अंकले बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

बिहीबार इन्स्योरेन्सको शयर मूल्य ३९ रुपैयाँले बढ्दै प्रतिकित्ता ४३३ रुपैयाँ पुगेको छ ।

अहिलेसम्म प्रभु लाइफ इन्स्योरेन्स सहति अन्य ६ कम्पनीको मूल्यमा सर्किट लागेको छ ।

१२ बजेसम्म नेप्से परिसूचक १८.९८ अंकले बढेर २३६१.७५ अंकमा पुगेको छ भने १९६ कम्पनीको ३८ लाख ३३ हजार १०५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९७ करोडको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here