ग्रिनलाइफ हाइड्रोले पायो आइपीओ निष्कासन अनुमति, कहिले आउँछ ?

काठमाडौं, ८ माघ । दोलखा जिल्लाको खानीखोलामा जलबिद्युत आयोजना निर्माण गरिरहेको ग्रिनलाइफ हाइड्रोपावरले आइपीओ निष्कासन अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता आईपीओ निष्कासनको अनुमति पाएको हो । यसअघि नै कम्पनीले स्थानीय प्रभावितका लागि सेयर जारी गरिसकेको छ।

कम्पनीले निष्कासन गर्ने शेयरको निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले रहेको छ । कम्पनीले अबको २ महिनाभित्र सर्वसाधारणका लागि सेयर जारी गर्नेछ।

ग्रीनलाईफले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानिखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ। । सो आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको कूल लागत झण्डै ७ अर्ब पुग्ने अनुमान गरिएको छ ।

कमलपोखरी काठमाडौंमा प्रधान कार्यालय रहेको ग्रिनलाईफ हाइड्रोपावरमा संस्थापक समूहतर्फ जारी पूँजीको ८० प्रतिशत अर्थात एक अर्ब ४४ करोड रुपैयाँ पूँजी चुक्ता भैसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here