चन्द्रागिरी हिल्सको आईपीओ बाँडफाँड, १० लाख ७१ हजारको हात खाली

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आईपीओ बाँडफाँड गरेको छ ।

कम्पनीले शुक्रबार बिहान धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको मुख्यालयमा एक कार्यक्रमकाबीच आइपीओ बाँडफाँड गरेको हो ।

चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको थियो ।

यो कम्पनीले सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता आइपीओ निश्कासन गरेको थियो ।

कम्पनीको आईपीओमा १२ लाख ५१ हजार १० आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३९ हजार ८९५ जनाको आवेदन बदर भएको थियो।

यस आधारमा १ लाख ३९ हजार ६०० जना आवेदकले १० कित्ताका दरले र २ भाग्यमानीले ११ कित्ताको दरले सेयर पाएका छन् ।

यसरी कुल १२ लाख ११ हजार ११५ सदर आवेदकमध्येका बाँकी १० लाख ७१ हजार ५१३ आवेदकको हात भने खालि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here