प्रबल गुरुङ भन्छन् – मैले करण जौहरसँग डेटिङ गरेको छैन

चर्चित अमेरिकी फेशन डिजाइनर प्रबल गुरुङले आफूले बलिउड निर्देशक करण जौहरसँग डेटिङ नगरेको बताएका छन् ।

आइतबार एक ट्वीट गरेर उनले करनसँग खिचेको तस्वीर रमाइलोका लागि मात्र खिचेको र त्यो रोमान्सको दृष्य नभएको प्रष्ट पारेका छन् ।

उनले आइतवार नै करणसँग ‘प्यार किया तो डरना क्या’ शैलीमा अँगालो मारेको तस्वीर आफ्नो इन्स्टाग्राममा पोष्ट गरेका थिए । त्यो तस्वीर पोष्ट हुनासाथ मानिसहरुले उनीहरु दुई वीच समलैंगिक सम्बन्ध रहेको चर्चा शुरु गर्दै ती दुई सेलिब्रिटी डेटिङमा रमाइरहेको कुरा गर्न थालेका थिए ।

आफ्नो तस्वीरको अनर्थ लागेको भन्दै प्रबलले आइतबार साँझ आफ्नो ट्वीटरबाट करण आफ्नो नजीकको मित्र मात्र भएको बताएका छन् । आफूले साथीसँग केही हँसीमजाक वा रमाइलो पनि गर्न नपाउने ? उनले प्रश्न गरेका छन् ।

‘म ज्यादै दुखी र निराश छु कि यस्ता सामान्य कुरामा पनि प्रष्टीकरण दिनु परेको छु । म अफिसियल्ली भन्न चाहन्छु कि म करन सँग रोमाण्टिक सम्बन्धमा रहेको छैन,’ उनले भनेका छन् ।

प्रबलले करणलाई आफ्नो दाजु, गुरु तथा मेण्टर भन्दै आफूले सदैव उनको प्रसंशा गरेको बताएका छन् । करणले आफूलाई सुखदुखमा साथ दिएको र परिआउँदा आफ्नो परिवारलाई समेत सहयोग गर्न अघि सरेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here