विश्वकै सबैभन्दा खतरनाक भ्यागुताको किन हुन्छ तस्करी ? एउटैको मूल्य २ लाख ४० हजारभन्दा धेरै

BBC

काठमाडौं । कपडाले भरिएको झोलामा त्यो एउटा सामान्य घरेलु सामानजस्तै देखिएको थियो । तर, बगोटाको एल डोराडो अन्तराष्ट्रिय विमानस्थलमा एक प्रहरी अधिकारीले झोलाको तल्लो भागमा असामान्य बस्तु देखे । कपडाको बिचमा अनौठो रंगको केहीबस्तु रहेको कुरा एक्स रे मेशिनले देखाईरहेको थियो ।

झोलालाई खोलेर हेर्दा त्यसमा फोटोग्राफिक फिल्मको सयौं डिब्बाहरु थिए । डिब्बालाई खोलेर हेर्दा त्यसमा कुनै फिल्म थिएन् ।

डिब्बामा ४२४ वटा सानो लोपन्मुख भ्यागुता थिए । कालो बजारमा एउटा भ्याुताको मूल्य २ हजार अमेरिकी डलर अर्थात झण्डै २ लाख ४० हजार रुपैयाँसम्म छ ।

कुनै भ्यागुतामा पहेँलो र कालो रंगको धर्सो थियो भने कुनै भ्यागुता हरियो रंगको थियो जसमा कयौं चम्किला धर्साहरु थिए । केही भ्यागुता मरिसकेका थिए । तरपनि ति सबै अत्यन्त खतरनाक थिए ।

किन हुन्छ तस्करी ?

प्रहरीका अनुसार भ्यागुताको उक्त प्रजातीलाई कोलम्बिया स्थित प्रशान्त क्षेत्रको कोको र डेल कोका मा समातिएको थियो र यसलाई जर्मनी लाने तयारी भईरहेको थियो ।

केही समयअघि भएको यस घटनाले कोलम्बियामा हुने गरेको तस्करीको नमुनालई देखाउछ । कोलम्बीयामा ८५० भन्दा धेरै प्रजातिका उभयचर जीवहरु छन् । सबैभन्दा धेरै भ्यागुता पाईने देशहरुमा कोलम्बिया दोस्रो नम्बरमा छ ।

पाईजन डार्ट नामक भ्यागुता पृथ्वीको सबैभन्दा खतरनाक जीव मध्य एक हो । यूरोप र अमेरिकाका संग्रहकहरु यसलाई निकै शौखसंग राख्छन् । हरेक भ्यागुतामा १० जनाको ज्यान लिनसक्ने विष हुन्छ । यसको छालामा हुने विषले शिखारीलाई ठूलो क्षति पुर्याउछ । यही छालामा रहेको विषले यसलाई बहुमूल्य बनाईदियो ।

जर्मनीको हम्बोल्ट इन्स्टीच्युटका शोधकर्ताहरुको अनुसार कोलम्बियाका ८५० मध्ये करीब २०० उभयचर प्रजातिहरु लोप हुने अवस्थामा पुगेका छन् । यसमा सबैभन्दा धेरै भ्यागुता छन् । (बीबीसीबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here