ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ माघको तेस्रो साताबाट निष्कासन हुने

काठमाडौं । माघको तेस्रो साताबाट ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट यही माघ ४ गते निष्कासनको अनुमति पाएको कम्पनीले माघको तेस्रो साताबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी भइरहेको जानाएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात १८ करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका १८ लाख कित्ता सेयर तथा स्थानीयका लागि बिक्री खुल्ला गरिएको शेयरमध्ये बिक्री नभएका १६ लाख ९६ हजार ४०० कित्ता सेयर गरी जम्मा ३४ लाख ९६ हजार ४०० साधारण शेयर (सामूहिक लगानी कोष, कर्मचारी तथा सर्वसाधारणका लागिसमेत
गरी) सर्वसाधारणमा निष्कासन गर्नेछ ।

ग्रीन लाइफको सेयर रजिस्ट्रामा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here