अम्बिका पौडेलको अध्यक्षतामा महासंघको पूँजी बजार समिति विस्तार

काठमाडौं, १० माघ । नेपाल उद्योग वाणिज्य महासंघले समग्र धितोपत्र बजारको विकास र विस्तार गर्दै नीति निर्माणमा सहकार्य गर्ने लक्ष्यका साथ पूँजीबजार समिति विस्तार गरेको छ ।

सेयर बजारका अग्रणी लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा शुक्रबार १३ सदस्यीय कार्यसमिति गठन गरिएसँगै यसले पूर्णता पाएको हो ।

पौडेल महासंघमा निर्वाचित एसोसिएट सदस्य हुन् । जस अनुसार २ जना सल्लाहकार र २ जना आमन्त्रित सदस्यसहित १३ जनाको कार्यसमिति बनाइएको छ । पौडेल सभापति रहेका छन् भने रामशरण थपलियालाई उपसभापति बनाइएको छ ।

सदस्यहरुमा क्रमशः मेखबहादुर थापा, प्रियराज रेग्मी, सन्तोष मैनाली, निर्माण श्रेष्ठ, ज्योति दाहाल, राजन लम्साल र विष्णुप्रसाद बस्याल रहेका छन् ।

आमन्त्रित सदस्यहरुमा अनन्तकुमार पौडेल र उषा खतिवडालाई ल्याइएको छ । सल्लाहकारहरुमा कुमारकेशर बिष्ट र ध्रुर्व तिमिल्सिना रहेका छन् । कार्यसमितिको पहिलो बैठकले विभिन्न महत्वपूर्ण १० बुँदे निर्णयहरु पनि गरेको छ । पुँजी बजारको समग्र विकास गर्ने उद्देश्य राखिएको छ ।

उक्त समितिले पूँजी बजारसँग सरोकार राख्ने सबै निकायहरुबीच सहकार्य र समन्वय गरी बजारको विकास गर्ने लक्ष्य राखेको छ ।

पूँजीबजारमा वैदेशिक लगानी भित्र्याउन पूँजी बजारसम्बन्धी ऐनकानूनमा समसामयिक सुधारका लागि सहजीकरण गर्ने, दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई आवश्यक पर्ने भरपर्दो सूना आदानप्रदान गर्ने विषयलाई प्रमुख प्राथमकितामा राख्‍ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here