ग्रीन लाइफ हाइड्रोले माघ २३ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं, ११ माघ । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता साधारण आईपीओ निष्कासन गर्न लागेको हो।

जसमध्ये १८ लाख कित्ता तथा स्थानीय बासिन्दाका लागि निष्कासन गरेर बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता पनि समावेश गरिएको छ ।

निष्काशन गरिने कुल सेयर मध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ।

सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन बन्द छिटोमा माघ २७ गते र ढिलोमा फागुन ७ गतेसम्म निष्कासन हुने कमपनीले जनाएको छ ।। आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। केयर रेटिङ्ग नेपाल लिमिटेडले केयर एनपी बी प्लस (आइएस) रेटिङ्ग प्रदान गरेको छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।