९० प्रतिशत भु-भागमा मोबाईल फोनको पहुँच, ३ करोड ७५ लाख प्रयोगकर्ता

photo source: UNICEF

काठमाडौं, १४ जेठ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा देशको ९० प्रतिशत भुभागमा मोबाईल फोनको सेवा पुगेको छ ।

त्यस्तै देशभरमा मोबाईल फोन प्रयोगकर्ताको संख्या ३ करोड ७५ लाख ५९ हजार २ सय ८२ पुगेको छ ।

आर्थिक अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार संसदको दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को आर्थिक सर्वेक्षणमा उक्त कुरा उल्लेख छ ।

आर्थिक सर्वेक्षणका अनुसार नेपालको ७७ जिल्लामा नै मोवाईल फोनको सेवा पुगेको छ ।

त्यस्तै चालु आवको फागुनसम्म सबैखालको टेलिफोन प्रयोगकर्ताको संख्या ४ करोड ४ लाख ५७ हजार ४ सय ३१ पुगेको बताइएको छ ।

यो विवरणमा नेपालमा हालसम्म बिक्रि भएका सम्पुर्ण सिमकार्ड र टेलिफोन लाईनको संख्यालाई एक प्रयोगकर्ता बराबरको रुपमा लिईएकोले नेपालको कुल जनसंख्या भन्दा धेरै प्रयोगकर्ताको संख्या देखिएको हो ।

त्यस्तै चालु आर्थिक वर्षको माघ महिनासम्ममा नेपालमा टेलिफोनको घनत्व १३७.१७ प्रतिशत र ईन्टरनेटको ग्राहक घनत्व ५८.५९ रहेको तथ्यांक पनि सर्वेक्षणले सार्वजनिक गरेको छ ।

नेपालमा हाल नेपाल टेलिकम, एनसेल प्रा. लि., युनाईटेड टेलिकम लिमिटेड, स्मार्ट टेलिकम प्रा.लि., एसटिएम टेलिकम, नेपाल स्याटेलाइट टेलिकम गरी ६ वटा कम्पनीहरुले दूरसञ्चार सेवा प्रदान गरिरहेका छन् ।

जसमध्ये युटिएल र एसटिएमका यो वर्षमा कुनै पनि ग्राहक थपिएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here