शेयर बजार अहिलेसम्मकै उच्च बिन्दुमा, ४ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, १२ माघ । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचक १६.०४ अंकले बढेर २४४०.८७ अंकमा पुगेको छ । यो बिन्दु अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स भने घट्यो । सेन्सेटिभ इन्डेक्स ०.२४ अंकले घटेर ४५१.८२ अंकमा झरेको छ ।

सोमबार कारोबारमा आएका मध्ये ट्रेडिङ, बैकिङ्ग, अन्य निर्जीवन बीमा र सामुहिक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक घट्यो । ट्रेडिङको सूचक ३.१४ प्रतिशत बढ्यो । त्यस्तै, अन्य समुहको १.६३, बैकिङ्गको १.३९ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै लघुवित्त समुहको घट्यो । लघुवित्तको सूचक १.२१ प्रतिशत घट्यो । त्यस्तै, होटल समुहको १.१८ प्रतिशत घट्यो ।

आइतबारको तुलनामा कारोबार रकममा भने आज केही कमी आएको छ । आइतबार ९ अर्बभन्दा धेरै कारोबार भएकोमा आज २०८ कम्पनीको १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९० करोड ५३ लाखको कारोबार भयो ।

सोमबार ४ वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । आज सबैभन्दा धेरै सिटिजन इन्भेष्टमेन्ट ट्रष्टका शेयर धनीले कमाए । कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै, गुँरास लघुवित्तको ९.९५ प्रतिशत, प्रभु लाइफको ९.८७ प्रतिशत, आउन्टेन इनर्जीको ९.८१ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा श्री इन्भेष्टमेन्टका शेयर धनी छन् । इन्भेष्टमेन्टको शेयर मूल्य ६.९८ प्रतिशत घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले ६० करोड ३७ लाख ४० हजार रुपैयाँको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here