अशुभ हुनको लागि होईन यसकारण फरफराउछ आँखा

काठमाडौं । आँखा फरफराउनुलाई अक्सर अन्धविश्वाससंग जोड्ने गरीन्छ । धेरैजसो मानिसहरु आँखा फरफराउनुलाई अशुभ मान्छन् । बास्तवमा किन फरफराउछ त आँखा ? यो धेरै मानिसको प्रश्न हुनसक्छ ।

किन फरफराउछ आँखा ?

आँखाको मांसपेशीहरुमा समस्या आएसंगै आँखा फरफराउने गर्छ । कोही व्यक्तिको सामान्य प्रकारले आँखा फरफराउछ भने कुनैमा बढी फरफराउछ । कतिपयलाई त आँखा हेर्नसमेत समस्या हुन्छ । यसलाई ब्लेफोरोस्पाज्म भनिन्छ ।

केही सेकेण्डदेखि एक वा दुई मिनेटसम्म आँखा फरफराउने गर्छ । साथै केही दिनदेखि महिनौंसम्म पनि यस्ता समस्या लगातार देखिने गर्छ ।

आँखा फरफराउदा कुनै समस्या वा दुखाई नहुने भएको कारण यसलाई कुनै ठूलो समस्या मानिदैन् । तर, कतिपय अवस्थामा यसले ठूलो समस्या निम्त्याउन सक्छ ।

यस्ता कारणले फरफराउछ आँखा

कहिलेकाँही बिना कारण नै आँखा फरफराउछ भने कहिलेभने कारणपनि हुन्छ । जस्तो कि आँखा चिलाउदा, आँखामा दबाब पर्दा, थकान, निन्द्रा पूरा नहुँदा, शारीरिक दबाब, तनाव, कुनै औषधीको नकारात्मक प्रभाव, चुरोट रक्सीको धेरै सेवन आदीको कारण आँखा फरफराउने गर्छ । यसको अलवा आँखा सुख्खा हुँदा पनि यस्तो समस्या देखिन्छ ।

के कुरामा ध्यान दिने ?

धेरैजसो आँखा फरफराउने समस्या आफै हट्छ । यदी तपाईंलाई आफै हटेको छैन् भने जीवनशैलीमा केही परिवर्तन गर्नुपर्छ ।

निन्द्रा पूरा गर्ने, आँखा फरफराएको समयमा तातो कपडाले सेक्ने, तनाव नलिने, चुरोट रक्सीको सेवन नगर्ने । यस्तो समस्या बारम्बार भएमा तुरुन्त चिकित्सकसंग परामर्श गर्ने । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here