श्रममन्त्री चौधरीले गरे अवैध काम गर्ने म्यानपावर कम्पनीमाथिको कारबाही फुकुवा

काठमाडौं, १२ माघ । एसओएस म्यानपावरको कारबाही ६ महिना नहुदै फुकुवा गरिएको छ ।

कतार प्रहरीमा गैरकानुनी रुपमा कामदार अन्तर्वार्ता लिएको आरोपमा एसओएस सर्भिसेस म्यानपावर कम्पनीलाई गरिएको कारबाही श्रममन्त्री गौरीशंकर चौधरीले फुकुवा गरिदिएका हुन् ।

वैदेशिक रोजागार विभागले गत मंसिर ८ गते अवैध अन्तर्वार्ता गरिरहेको अवस्थामा एसओएससहित ३ वटा म्यानपावर कम्पनीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो ।

कतार प्रहरीमा गैरकानुनी रुपमा कामदार पठाउन लागेको भनेर एसओएस, डीडी ह्युमन रिसोर्सेस र होप इन्टरनेसनलाई ६ महिना कुनै पनि देश कामदार पठाउन नपाउने निर्णय गरेको थियो ।

चौधरी नेपाल कम्युनिस्ट पार्टीको गुट परिवर्तन गरेर मन्त्री बन्नकै लागि ओली समूहमा प्रवेश गरेर श्रममन्त्री बनेका थिए ।

विभागले तीनवटै कम्पनीमाथि वैदेशिक रोजगार ऐनको दफा ६१ को उपदफा (६) र (७) अनुसार कारबाही गरेको थियो । एसओएस म्यानपावर कम्पनीका सञ्चालक व्यवसायी हेमराज गुरुङ हुन् ।

संसद विघटन गरेर भ्रष्टाचार, सुशासन र समृद्धिका भाषण गर्दै जनता हँसाइरहेका केपी शर्मा ओलीले मन्त्रीकै लागि आफ्नो गुटमा आएकाहरूले गरेका गलत कामलाई कसरी लिन्छन् भन्ने हेर्न बाँकी रहेको छ ।

म्यानपावर क्षेत्रमा धेरै गलत काम हुने गरे पनि मन्त्री र सम्बन्धित देशको राजदूतकै आडमा सफाइ मिल्ने गरेको उनको अनुभव छ । उनी करिब १५ वर्षदेखि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here