इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँड यसै साता, कति पर्ला भागमा ?

काठमाडौं, १३ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँड यसै साता हुने भएको छ ।

निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार ढिलोमा आगामी शनिबारसम्म आइपीओ बाँडफाँड गरिने तयारी भएको हो ।

बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासन गरेको थियो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ ।

बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।

आइपीओमा १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका छन् ।

आवेदनका आधारमा हेर्दा रितपूर्वक आवेदन दिएकाहरुलाई औसतमा ५० कित्ता सेयर पर्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here