काठमाडौं १३ माघ । मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाता २ लाख ७० हजार २ सय २ पुगेका छन्।
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा अभिवृद्धि कर भ्याटमा १४ हजार ५ सय ३९ करदाता थपिएका छन् । यो अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले हजारले कमि हो ।
कोरोना भाइरसको प्रभावले परिस्थीति सहज हुन नसक्दा करको दायरा विस्तार समेत प्रभावित भएको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ ।
त्यस्तै अन्त:शुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ४ हजार ७८४ पगुेको छ। चालु आर्थिक बर्षको मंसिर महिनासम्ममा १० हजार ४९२ करदाता थपिएको अर्थ मन्त्रालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा अन्तस् शुल्कमा दर्ता हुने करदाताको संख्या ३५ प्रशितले कमि हो ।
मन्त्रालयकाअनुसार मंसिर सम्म स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ३६ लाख ४१ हजार ३५९ पुगेको छ ।
यस अवधिमा दर्ता भएका कुल करदाता मध्ये व्यवसायीक स्थायी लेखा नम्बर लिने करदाताको सख्या १४ लाख ५९ हजार २, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २१ लाख ३६ हजार ६६६, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर लिने ६ हजार ६९१ पुगेको छ ।