शेयर बजार राताम्मै, प्रभु लाइफसहित तीन कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, माघ १३ । पछिल्लो समय रेकर्ड कायम गर्दै लगातार बढ्दै आएको शेयर बजार साताको तेस्रो कारोबार दिन मंगलबार भने राताम्मै भएको छ ।

आज नेप्से परिसूचक १७.७९ अंकले घटेर २४२३.०९ अंकमा पुगेको छ । यो संख्या सोमबारको तुलनामा ०.७३ प्रतिशत कम हो ।

मंगलबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स ४.५८ अंकले घटेर ४४७.२४ अंकमा झरेको छ ।

आज होटल र फाइनान्स बाहेक अन्स सबै समुहको सूचक घट्यो । होटलको सूचक २.६८ प्रतिशत बढ्यो भने फाइनान्सको सूचक १.१२ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । ट्रेडिङको सूचक ३.१० प्रतिशत घट्यो । त्यस्तै, लघुवित्तको १.४७ प्रतिशत, जलविद्युतको १.४३ प्रतिशत घट्यो ।

मंगलबार २०७ कम्पनीको १ करोड ९६ लाख ६ हजार ५ सय ५५ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २७ करोड ९७ लाखको कारोबार भयो ।

शेयर बजार राताम्मै हुँदापनि आज तिन कम्पनीको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । जसमध्ये सबैभन्दा धेरै गुँरास लघुवित्तको ९.९७ प्रतिशत बढ्यो । त्यस्तै, प्रभु लाइफको ९.९४ प्रतिशत र यूनाईटेड फाइनान्सको ९.८८ प्रतिशत बढ्यो ।

मंगलबार सबैभन्दा धेरै गुमाउनेमा शिव श्री हाइड्रोका शेयर धनी छन् । हाइड्रोको शेयर मूल्य ४.९५ प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले १ अर्ब ४५ करोेडको कारोबार गर्दै एकैदिन सबैभन्दा धेरै कारोबार गर्ने रेकर्ड बनायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here