विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, १४ माघ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४० पैसा र बिक्रीदर ११७ सय रुपैयाँ निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ९० पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८६ रुपैयाँ ५० पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ १३ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ७१ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १० रुपैयाँ २६ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here