बुद्धभूमि नेपालको १२ करोडको आइपीओ आउँदै

काठमाडौं, १४ माघ । बुद्धभूमि नेपाल हाइड्रोपावरले १२ करोड बराबरको आइपीओ निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न माघ ८ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेका नुवाकोटका स्थानीका लागि ४ लाख कित्ता र सर्वसाधारण लागि ८ लाख कित्ता गरी कुल १२ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीको आइपीओ निष्काशन गर्न यस अघि नै सिभिल क्यापिटलाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।

कम्पनीको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘ इक्रा एनपी आइपीओ ग्रेड ४’ प्रदान गरेको छ।यसले कम्पनीको वित्तीय जोखिमवहन क्षमता औसतभन्दा कम रहेको जनाउँदछ ।

हाल २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्नेछ। कम्पनीले नुवाकोटको तादी खोलामा ५ मेगावाटको ओयोजना निमार्ण गर्दैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here