सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घट्यो

काठमाडौं । मंगलबार बढेको छापावाल सुनको मूल्य बुधबार भने घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको छ ।

मंगलबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ७०० रुपैयाँ घट्दै प्रतितोला ९२ हजार १०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बुधबार तेजावी सुनको मूल्य पनि प्रतितोला ७०० रुपैयाँ नै घट्यो । आज तेजावी सुनको कारोबार मूल्य ९१ हजार ६०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्यपनि प्रतितोला ५ रुपैयाँ घट्यो । बुधबार चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here