मालिकलाई छ दिन अस्पताल बाहिर कुर्ने ‘बोनकुक’

काठमाडौं । आफ्ना आफन्तहरु बिरामी भएपछि अस्पतालमा कुरुवा बस्ने मान्छे त देख्नु भएकै होला । तर, बिरामीको कुरुवा कुकुर बसेको सुन्नु भएको छ ?

टर्कीमा केही दिनअघि यस्तै भयो । त्यहाँको एउटा बोनकुक नाम गरेको कुकुर मालिक अस्पताल भर्ना भएपछि छ दिनसम्म बाहिर कुरेर बस्यो ।

अस्पतालका अधिकारीका अनुसार बोनकुक प्रत्येक दिन बिहानदेखि साँझसम्म मालिकको प्रतीक्षामा ढोकामा बस्ने गरेको थियो ।

छ दिनपछि मालिक निको भएर अस्पताल बाहिर निस्कदा उनले आफ्नो कुकुर बोनकुकलाई ढोकैमा भेटेका थिए ।(बीबीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here