यी १३ वटा बैंकबाट आइपीओ भर्दा पैसा लाग्दैन

काठमाडौं । पछिल्लो समय सर्वसाधारणको ध्यान शेयर बजारले निकै तानेको छ । पछिल्लो तथ्यांक अनुसार २६ लाखभन्दा धेरै मानिसहरुले डि म्याट खाता खोलिसकेका छन् ।

मेरो सेयर एप्लिकेसनबाटै अनलाईन शेयर भर्न मिल्ने व्यवस्था भएसंगै यो क्षेत्रमा मानिसहरुको संख्या बढेको छ । पछिल्लो समय कुन कम्पनीको आइपीओ खुल्यो भन्ने कुरा मेरो सेयर एपको सहयोगमा सजिलै हेर्न र भर्न सकिन्छ ।

यसरी आइपीओ भर्दा केही बैंक तथा वित्तीय संस्थाहरुले १ सय रुपैयाँसम्म लिने गरेका छन् भने कतिपयले निशुल्क व्यवस्था पनि गरेका छन् ।

तपाईं पनि नयाँ आईपीयो भर्ने बिचारमा हुनुहुन्छ भने निशुल्क आईपीओ भर्ने व्यवस्था भएको बैंक तपाईंको लागि उपयुक्त हुनसक्छ । जुन निम्न छन्ः

यी बैंकबाट आईपीओ भर्दा पैसा लाग्दैन

१. सानिमा बैंक
२. प्राइम कमर्शियल बैंक
३. राष्ट्रिय वाणिज्य बैंक
४. सिद्धार्थ बैंक
५. एनसिसी बैंक
६. ग्लोबल आईएमई बैंक
७. मेगा बैंक
८. नबिल बैंक
९. एनआइसी एसिया बैंक
१०. नेपाल बङयलादेश बैंक
११. बैंक अफ काठमाडौं
१२. हिमालयन बैंक
१३ सेञ्चुरी कमर्शियल बैंक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here