बीमा क्षेत्र चम्किँदा साढे १८ अंकले बढ्यो शेयर बजार, ६ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, १४ माघ । मंगलबार दोहोरो अंकले घटेको शेयर बजार बुधबार पुन दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १८.७६ अंकले बढेर २४४१.८५ अंकमा पुगेको छ ।

बुधबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स भने घट्यो । सेन्सेटिभ इन्डेक्स ०.८६ अंकले घटेर ४४६.३८ अंकमा झरेको छ ।

आज बीमा समुहमा चमक देखिएको छ । बुधबार सबैभन्दा धेरै जीवन बीमा समुहको सूचक बढेको छ । जीवन बीमा समुहको सूचक ६.२५ प्रतिशत बड्यो । त्यस्तै, निर्जीवन बीमाको ३.९८ प्रतिशत बढ्यो ।

होटल समुहको सूचक सबैभन्दा धेरै घट्यो । होटलको सूचक १.१८ प्रतिशत घट्यो । त्यस्तै, बैकिङ्ग, फाइनान्स र उत्पादन तथा प्रशोधन समुहको समान ०.५७ प्रतिशत घट्यो ।

बुधबार ८ अर्बको कारोबार भएको छ । आज ८ अर्बको कारोबार हुने क्रममा २०८ कम्पनीको १ करोड ५२ लाख ८९ हजार २ सय ५९ कित्ता शेयर किनबेच भएका थिए ।

आज कारोबारमा आएका मध्ये ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बुधबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सका शेयर धनीले कमाए । कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत बढ्यो । त्यस्तै, आरम्भ चौतारी लघुवित्तको ९.९८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा पोखरा फाइनान्सका शेयर धनी छन् । फाइनान्सको शेयर मूल्य ७.०५ प्रतिशत घट्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले ९३ करोड ३४ लाख रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here