मोदीको सपथग्रहणमा प्रधानमन्त्री ओली दिल्ली जाने

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन भारत जाने भएका छन् ।

भारतमा हालसालै भएको लोकसभा निर्वाचनमा बहुमत हासिल गरी दोस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्न लागेका मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भारत जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै जेठ १६ गते दिल्लीमा हुने शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री ओली दिल्ली जाने पुष्टी गरेको छ ।

भ्रमणको क्रममा ओलीले भारतीय समकक्षी मोदीसँग भेटवार्ता समेत गर्नेछन् । प्रधानमन्त्रीको साथमा पत्नी राधिका शाक्य र उच्चतहका सरकारी अधिकारीहरु समेत भारत जानेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार ओली जेठ १७ गते काठमाडौं फर्कनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here