इन्फ्रास्ट्रक्चर बैंकको आइपीओको प्रिअलोटमेन्ट सकियो, भाग्यमानीले ६० कित्ता पाउने

काठमाडौं, १४ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ) को प्रिअलोटमेन्ट सम्पन्न भएको छ ।

यससँगै आईपीओ बाँडफाँड भने आगामी शुक्रबार अर्थात माघ १६ गते हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले बताएको छ ।

बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासन गरेको थियो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ ।

बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।

आइपीओमा १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका छन् ।

क्यापिटलले दिएको जानकारी अनुसार ५० भन्दा कम वा ५० कित्तासम्म माग गर्ने सबैले मागे जति कम्पनीको सेयर पाउने भएका छन् ।

६० कित्ताभन्दा बढी माग गर्ने आवेदकलाई बाँकी रहेको सेयर गोलाप्रथाबाट थप १०/१० कित्ताको दरले बाँडफाँड गरिने क्यापिटलले जनाएको छ ।

यससँगै बैंकको सेयरमा आवेदन दिने आवेदकले न्युनतम ५० कित्ता र भाग्यमानीले अधिकतम ६० कित्ताको दरले सेयर हात पार्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here