इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा ७५ हजार आवेदन रद्द

काठमाडौं, १४ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक प्राथमिक साधरण सेयर (आइपीओ) शुक्रबार बाँडफाँड हुने भएको छ ।

विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आज प्रि अलोटमेन्ट सकिएसँगै शुक्रबार आइपीओ बाँडफाँड गर्न लागिएको हो ।

कम्पनीको आइपीओमा आवेदन दिएका ७५ हजार बढी आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओमा परेको कुल १५ लाख ५० हजार ९० जनाले आवेदनमध्ये १४ लाख ७५ हजार ८० आवेदन मात्रै प्रक्रिया पूरा भएका छन् ।

बाँकी ७५ हजार १० आवेदन प्रक्रिया पूरा नभएकाले रद्द भएको क्यापिटलले जनाएको छ । बैंक खातामा रकम नभएका, दोहोरो आवेदन परेका लगायत कारण ती आवेदन रद्द भएका हुन् ।

कम्पनीले माघ २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको थियो ।

निष्काशित कुल ८ करोड कित्तामध्ये बैंकले कर्मचारीका लागि १ लाख ६० हजार कित्ता (०.२० प्रतिशत) र सामूहिक लगानी कोषका लागि ४० लाख कित्ता (५ प्रतिशत) छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here