इन्फ्रास्ट्रक्चर बैंकको ६० कित्ता शेयर पाउने कति ?

काठमाडौं, १४ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक प्राथमिक साधरण शेयर (आइपीओ) शुक्रबार बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार प्रि अलोटमेन्ट सकिएसँगै शुक्रबार आइपीओ बाँडफाँड गर्न लागिएको हो ।

कम्पनीको आइपीओमा आवेदन दिएका ७५ हजार बढी आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओमा परेको कुल १५ लाख ५० हजार ९० जनाले आवेदनमध्ये १४ लाख ७५ हजार ८० आवेदन मात्रै प्रक्रिया पूरा भएका छन् ।

क्यापिटलले दिएको जानकारी अनुसार ५० भन्दा कम वा ५० कित्तासम्म माग गर्ने सबैले मागे जति कम्पनीको शेयर पाउने भएका छन् ।

६० कित्ताभन्दा बढी माग गर्ने आवेदकलाई बाँकी रहेको सेयर गोलाप्रथाबाट थप १०/ १० कित्ताको दरले बाँडफाँड गरिने क्यापिटलले जनाएको छ ।

यसरी बाँडफाँड गरी बाँकी रहन आएको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ६० कित्ता वा सोभन्दा बढी कित्ताका लागि माग गर्नेमध्येबाट गोलाप्रथाबाट थप १० कित्ताका दरले बाँडफाँड हुने क्यापिटलले जनाएको छ ।

यसअनुसार ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता सहित ६० कित्ता शेयर पाउने भएका छन् । अन्य बाँकीले अधिकतम ५० कित्तासम्म शेयर पाउनेछन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here