दोहोरो अंकले घट्यो नेप्से, कारोबारमा नयाँ रेकर्ड

काठमाडौं, १५ माघ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको कारोबार हुने अन्तिम दिन बिहिबार नेप्से १६.५५ अंकले घटेर २४२५.२९ विन्दुमा कायम भएको हो ।

यसदिन २०९ कम्पनीको २ करोड २१ लाख ५३ हजार ९ सय ८१ कित्ता सेयर किनबेच भएको छ ।

९ अर्ब ९८ करोड ८४ लाख ५६ हजार १ सय २७ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १२ वटा समूह मध्ये ३ वटाको परिसूचक ओरालो लागेका छन् ।

बिहिबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यस अघि २०७७ साल माघ ११ गते आइतबार नेप्सेमा ९ अर्ब ३७ करोड ६० लाख बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १२ वटा समूहमध्ये ३ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ९ वटा समूहको परिसूचक राताम्मे भएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ४१०.३९ अंकले बढेको छ भने विकास बैंक समूह ४३.२५ अंकले घटेको छ ।

कारोबारमा आएका २०९ कम्पनीमध्ये ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने ११९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज पनि लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । यससाता सर्वाधिक कारोबार हुँदै आएको यसको आज सबैभन्दा धेरै ५७ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा हिमालय डिस्ट्रिलरी र पुनर्बीमा कम्पनी समान ३२/३२ करोड हुँदै शीर्ष तीनमा रहे ।

आज ९ प्रतिशत भन्दा बढीले बढ्ने कम्पनीहरुमा सुर्योदय लघुवित्त वित्तिय संस्था, प्रभु लाईफ इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, सारथी नेपाल लघुवित्त, एभरेष्ट इनस्योरेन्स कम्पनी, गरिमा विकास बैंक, शिखर इन्स्योरेन्स, हिमालयन डिस्ट्रिलरी र सपोर्ट माइक्रोफाइनान्स रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here