काठमाडौं, १५ माघ । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको आइपीओ शुक्रबार बिहान १० बजे बाँडफाँड हुने भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको लाजिम्पाटस्थित मुख्यालयमा आइपीओ बाँडफाँड हुनेछ।
आइपीओ बाँडफाँड कार्यक्रमको प्रत्यक्ष प्रसारण क्यापिटलको फेसबुक पेज बाट पनि गरिनेछ। कम्पनीको आइपीओमा आवेदन दिएका ७५ हजार बढी आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
कम्पनीको आइपीओमा परेको कुल १५ लाख ५० हजार ९० जनाले आवेदनमध्ये १४ लाख ७५ हजार ८० आवेदन मात्रै प्रक्रिया पूरा भएका छन् ।
बाँकी ७५ हजार १० आवेदन प्रक्रिया पूरा नभएकाले रद्द भएको क्यापिटलले जनाएको छ । बैंक खातामा रकम नभएका, दोहोरो आवेदन परेका लगायत कारण ती आवेदन रद्द भएका हुन् ।
कम्पनीले माघ २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको थियो ।
निष्काशित कुल ८ करोड कित्तामध्ये बैंकले कर्मचारीका लागि १ लाख ६० हजार कित्ता (०.२० प्रतिशत) र सामूहिक लगानी कोषका लागि ४० लाख कित्ता (५ प्रतिशत) छुट्याइएको छ ।
बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए । क्यापिटलले दिएको जानकारी अनुसार ५० भन्दा कम वा ५० कित्तासम्म माग गर्ने सबैले मागे जति कम्पनीको शेयर पाउने भएका छन् ।
६० कित्ताभन्दा बढी माग गर्ने आवेदकलाई बाँकी रहेको सेयर गोलाप्रथाबाट थप १०/ १० कित्ताको दरले बाँडफाँड गरिने क्यापिटलले जनाएको छ ।
यसरी बाँडफाँड गरी बाँकी रहन आएको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ६० कित्ता वा सोभन्दा बढी कित्ताका लागि माग गर्नेमध्येबाट गोलाप्रथाबाट थप १० कित्ताका दरले बाँडफाँड हुने क्यापिटलले जनाएको छ ।
यसअनुसार ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता सहित ६० कित्ता शेयर पाउने भएका छन् । अन्य बाँकीले अधिकतम ५० कित्तासम्म शेयर पाउनेछन् ।
इन्फ्रास्ट्रक्चर बैंकको ६० कित्ता शेयर पाउने कति ?
इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा ७५ हजार आवेदन रद्द
इन्फ्रास्ट्रक्चर बैंकको आइपीओको प्रिअलोटमेन्ट सकियो, भाग्यमानीले ६० कित्ता पाउने





















[…] […]