साताको शेयर बजार : परिसूचक हालसम्मकै उच्च विन्दुमा, कारोबार रकम १० अर्बले बढ्यो

काठमाडौं, १६ माघ । धितोपत्र बजारमा यस साता ४४ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ ।

यो कारोवार रकम गत साताको तुलनामा १० अर्बभन्दा धेरै हो । गत साता शेयर बजारमा ३४ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको अन्तिम दिन दोहोरो अंकले शेयर बजार घटेपनि बजारले ऐतिहासिक रेकर्ड बनाएको छ । साताको दुई दिन बाहेक अन्य दिन बढेको बजार २४२५ बिन्दु पार गर्दै हालसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो ।

यो साता दुई सय ११ वटा कम्पनीहरु कारोबारमा आएका थिए ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल बैंक, नेपाल पुनर्बीमा कम्पनी, शिखर इन्स्योरेन्स र नेपाल दुरसञ्चार कम्पनी लगायतका कम्पनीहरु अगाडि परेका छन् ।

यो साता दुई दिन शेयर बजार घटेपनि बाँकी दिनहरुमा भने नेप्से बढेको थियो । जसमध्ये पहिलो दिन नेप्से २४२४.८४ अंकमा पुग्दा ३ सेन्सिटिभ भने ४५२.०६ अंकमा पुगेको थियो ।

दोस्रो दिन भने नेप्से १६.०४ अंकले बढेर २४४०.८८ अंकमा चढ्दा सेन्सिटिभ भने ०.२४ अंकले घटेर ४५१.८२ अंकमा झरेको थियो ।

तेस्रो दिन भने नेप्से १७.७९ अंकले घटेर २४२३.०९ अंकमा झर्यो । सेन्सिटिभ पनि ४.५८ अंकले घटेर ४५१.८२ अंकमा पुगेको थियो ।

चौथो दिन नेप्से १८.७५ अंकले बढेर २४४१.८५ अंकमा पुग्दा सेन्सिटिभ भने साताको चौंथो दिनपनि घट्यो । त्यो दिन सेन्सेटिभ ०.८६ अंकले घटेर ४४६.३८ अंकमा झरेको थियो ।

अन्तिम कारोवार दिनमा भने नेप्से दोहोरो अंकले घट्यो । त्यो दिन नेप्से १६.५६ अंकले बढेर २४२५.२९ अंकमा झर्दा सेन्सिटिभ पनि ४.३२ अंकले घटेर ४४२.०६ अंकमा झरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here