इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ नतिजा सार्वजनिकमा किन भयो ढिलाई ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर बाँडफाँडको नतिजा सार्वजनिक हुन अझै केही समय लाग्ने भएको छ ।

शेयर बाँडफाँडको नतिजा हेर्न लगानीकर्ताहरु सबै विकल्पहरुमा व्यस्त भएका छन् । जसका कारण केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) को मेरो शेयर अहिले डाउन भएको छ । लगानीकर्ताको अधिक ट्राफिक धान्न नसक्दा मेरो शेयर डाउन भएको छ । तर, बैंकको शेयर बाँडफाँडको नतिजा अहिलेसम्म कतै पनि सार्वजनिक भएको छैन ।

विगतमा आवेदक धेरै भए पनि शेयर पाउने लगानीकर्ताको संख्या कम हुने भएकाले थोरै तथ्यांक प्रशोधन गर्न समय पनि थोरै लाग्दै आएको थियो । जसका कारण कम्पनीहरुका शेयर निष्काशन तथा बिक्री प्रबन्धकहरुले बाँडफाँड प्रकृयामा सहभागि गराएका सबै आवेदकको तथ्यांकबाट केही समयमा नै शेयर पाउनेहरुको तथ्यांक प्रशोधन गर्दै आएका थिए ।

निष्काशित कुल ८ करोड कित्तामध्ये बैंकले कर्मचारीका लागि १ लाख ६० हजार कित्ता (०.२ प्रतिशत) र सामूहिक लगानी कोषका लागि ४० लाख कित्ता (५ प्रतिशत) छुट्याइएको थियो । ।

बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए । क्यापिटलले दिएको जानकारी अनुसार ५० भन्दा कम वा ५० कित्तासम्म माग गर्ने सबैले मागे जति कम्पनीको सेयर पाएका छन् ।

यो आइपीओमा १० कित्ताका दरले आवेदन दिने ३४ हजार ३० आवेदकले ३ लाख ४० हजार ३०० कित्ता, २० कित्ताका दरले दिने २९ हजार ८५४ आवेदकले ५ लाख ९७ हजार ८० कित्ता, ३० कित्ताका दरले दिने २० हजार २४८ आवेदकले सेयर पाएका छन् ।

६ लाख ७ हजार ४४० कित्ता, ४० कित्ताका दरले दिने १६ हजार ९३४ आवेदकले ६ लाख ७७ हजार ३६० कित्ता र ५० कित्ताका दरले दिने १ लाख ७९ हजार ९३८ आवेदकले ८९ लाख ९६ हजार ९०० कित्ता सेयर पाएका छन्। ५० कित्ताभन्दा माथि आवेदन दिने ११ लाख ९४ हजार ४ आवेदकले पनि ५० कित्ता नै पाएका छन् ।

बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता सेयर गोलाप्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरले बाँडफाँड भएको छ । त्यस अनुसार अधिकतम ६० कित्तासम्म आवेदनकर्ताले सेयर पाएका छन् ।

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ हालसम्मकै ठूलो साधारण सेयर हो । नेपाल सरकारको समेत लगानी रहेको बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here