यो साता ३ कम्पनीको ८४ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ वटा कम्पनीको ८४ लाख कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

नेप्सेको तथ्यांक अनुसार यो साता ८४ लाख १७ हजार कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

स्टकको तथ्यांक अनुसार यो साता सबैभन्दा धेरै सिटिजन्स बैंक लिमिटेड शेयर सूचिकृत भएको छ । बैंकको ७२ लाख ७१ हजार ८ सय ५३.८३१८ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।

त्यसैगरी, यो साता क्रमशः फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख ६० हजार ७ सय ४.५४ कित्ता र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ३ लाख ८४ हजार ४ सय ८८ कित्ता बोनस शेयर यो साता नेप्सेमा सूचिकृत भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here