‘टी प्लस टु’ को प्रभाव: औसत कारोबार दैनिक ९ अर्ब, बजारपुँजीकरण ३२ खर्ब नाघ्यो

काठमाडौं, १७ माघ । नेपाली सेयर बजारमा टी प्लस टु’ को प्रभाव देखिएको छ । आइतबारबाट टी प्लस टु’ लागूभएसँगै दैनिक औसत कारोबार करिब ९ अर्ब पुगेको छ । धितोपत्र बजारमा यस साता ४४ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको अन्तिम दिन दोहोरो अंकले शेयर बजार घटेपनि बजारले ऐतिहासिक रेकर्ड बनाएको छ ।

साताको दुई दिन बाहेक अन्य दिन बढेको बजार २४२५ बिन्दु पार गर्दै हालसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो ।

साताको अन्तिम दिन दोहोरो अंकले शेयर बजार घटेपनि बजारले ऐतिहासिक रेकर्ड बनाएको थियो ।

सातामा बजार परिसूचक नेप्से ५०.६६ अंक (२.१३ प्रतिशत)ले वृद्धि हुँदा २४२५.३ अंकको विन्दुमा बन्द भएको छ ।

बजार परिसूचकमा वृद्धिसँगै धितोपत्र सेयर बजारको बजार पुँजीकरण पनि बढेको छ । बजार पुँजीकरण २.१३ प्रतिशत अथात् ६८ अर्ब १४ करोड रुपैयाँले वृद्धि भएर ३२ खर्ब ६६ अर्ब ७५ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत साता नेप्सेको कुल बजारपुँजीकरण ३१ खर्ब ९८ अर्ब ३२ करोड थियो ।

पुस मसान्तनजिक आउँदा गत साता केही सुस्त देखिएको कारोबार रकम गत साता देखिए बढेको थियो । यो साताबाट सेयर कारोबारको राफसाफ चक्र-टी प्लस टुमा सकिने व्यवस्था कार्यन्वयनमा आउँदा नेप्सेमा कारोबार रहेको उल्लेख्य रुपमा बढेको छ ।

यो साता कारोबार रकम ३०.१४ प्रतिशतले वृद्धि भएर ४४ अर्ब ४६ करोड ४० लाख भएको छ । गत साता नेप्सेमा ३४ अर्ब १६ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।

यो साता दैनिक औसत कारोबार अर्ब ८९ करोड २८ लाखको कारोबार भएको छ । गत साता दैनिक औसत ६ अर्ब ८३ करोडको कारोबार भएको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल बैंक, नेपाल पुनर्बीमा कम्पनी, शिखर इन्स्योरेन्स र नेपाल दुरसञ्चार कम्पनी लगायतका कम्पनीहरु अगाडि परेका छन् ।

यो साता दुई दिन शेयर बजार घटेपनि बाँकी दिनहरुमा भने नेप्से बढेको थियो । जसमध्ये पहिलो दिन नेप्से २४२४.८४ अंकमा पुग्दा ३ सेन्सिटिभ भने ४५२.०६ अंकमा पुगेको थियो ।

दोस्रो दिन भने नेप्से १६.०४ अंकले बढेर २४४०.८८ अंकमा चढ्दा सेन्सिटिभ भने ०.२४ अंकले घटेर ४५१.८२ अंकमा झरेको थियो ।

तेस्रो दिन भने नेप्से १७.७९ अंकले घटेर २४२३.०९ अंकमा झर्यो । सेन्सिटिभ पनि ४.५८ अंकले घटेर ४५१.८२ अंकमा पुगेको थियो ।
चौथो दिन नेप्से १८.७५ अंकले बढेर २४४१.८५ अंकमा पुग्दा सेन्सिटिभ भने साताको चौंथो दिनपनि घट्यो । त्यो दिन सेन्सिटिभ ०.८६ अंकले घटेर ४४६.३८ अंकमा झरेको थियो ।

अन्तिम कारोवार दिनमा भने नेप्से दोहोरो अंकले घट्यो । त्यो दिन नेप्से १६.५६ अंकले बढेर २४२५.२९ अंकमा झर्दा सेन्सिटिभ पनि ४.३२ अंकले घटेर ४४२.०६ अंकमा झरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here