काठमाडौं, १८ माघ । शेयर बजार घटेर राताम्मै हुँदापनि साताको पहिलो कारोबार दिन आज प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
आइतबार प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९.९३ अंकले बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।
पोजेटिभ सर्किट लागेको इन्स्योरेन्सको शेयर मूल्य ६९ रुपैयाँले बढ्दै प्रतिकित्ता ७६४ रुपैयाँ पुगेको छ । १२ः४० बजेसम्म नेप्से परिसूचक २६.४५ अंकले घटेर २३९८.८५ अंकमा पुगेको छ ।